Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कान्छी सांसदको पहिलो सम्बोधन– राखिन् जनताका दुई प्रश्न ,प्रतिनिधिसभा नियमावली कति दिनभित्र पास हुन्छ ?

कान्छी सांसदको पहिलो सम्बोधन– राखिन् जनताका दुई प्रश्न ,प्रतिनिधिसभा नियमावली कति दिनभित्र पास हुन्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १२, २०७९ आइतवार • १६:३२:१५ बजे
  • 502
    SHARES
  • कान्छी सांसदको पहिलो सम्बोधन– राखिन् जनताका दुई प्रश्न ,प्रतिनिधिसभा नियमावली कति दिनभित्र पास हुन्छ ?

    प्रतिनिधिसभाकी कान्छी सांसद निशा डाँगीले जनताले सोधेका प्रश्नहरुमा आफू निरुत्तरित हुने गरेको भन्दै सभामुखसामू दुई प्रश्न राखेकी छिन् ।  रास्वपाकी सांसद उनले प्रतिनिधिसभा बैठकमा पहिलो पटक बोल्दै जनताले सासंदको हैसियतमा आफूलाई केही प्रश्न राखेपनि ती प्रश्नप्रति निरूत्तर हुने गरेको भन्दै सभामुखसामु  प्रश्न गरेकी हुन् । 

    images

    उनले कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुनेछ ? र  संसदीय समितिहरू कहिले बनेर कुन दिनबाट सदन संविधानले परिकल्पना गरे अनुसार आफ्नो कामकारवाहिमा गतिशिल भएर अघि बढ्छ ? भन्ने प्रश्न गरेकी हुन् ।   उनले झापा जिल्लाका जनताले भोगरिहेको केही समस्याका बारेमा पनि सदनलाई ध्यानाकर्षण गराइन् ।

    सम्माननीय सभामुख महोदय,


    आज म याे गरिमामय सदनमा पहिलो पटक बाेल्दैछु । म याे सदनको उमेरकाे हिसाबले सबैभन्दा कम उमेरकाे सांसद । र कान्छी सासंदकाे रुपमा म मेरा अग्रजबाट केही सिक्न सक्छु कि भनेर सदन, समग्र राज्यसत्ता र मेरा अग्रजहरुकाे गतिविधि ध्यान दिएन नियालिरहेकी छु, अध्ययन गरिरहेकी छु । 


    ४ महिना भयो निर्वाचन सम्पन्न भएको तर देश र जनताको पक्षमा यो सदनप्रति जनताले जुन अपेक्षा राखेका थिए, त्यसमा हामी खडा हुन नसकेको स्पष्टरूपमा आभास हुन थालिसकेको छ । सभामुख महोदय, राजनीतिले लिएको मोडका बारेमा हामी सबै जानकार नै छौँ तर सँधै राजनीतिका त्यस्ता मोडहरूलाई जिम्मेवार देखाएर सार्वभौम यो सदन पन्छिन मिल्दैन । विविध राजनीतिक घटनाक्रमले सदनको कामकारवाहिमा कुनै असर नपरोस् भनेर हामी सचेत हुन जरूरी छ । हाम्रो पार्टीले यस विषयमा ध्यान दिँदै सदनको आफ्नो क्यालेन्डर हुनपर्ने भनेर आवाज उठाइरहेको छ, जुन आंसिकरूपले सम्बोधन पनि भएको छ । सदन यसरी निष्प्रभावि हुँदा हामीले उठाएको आवाज सहि थियो र छ भन्ने प्रमाणीत भएको छ । आगामी दिनमा सदनको कामकारवाहिलाई गति दिन यो सदनले आत्मसमिक्षा गर्नुपर्छ र सभामुख महोदयसँगै सम्पूर्ण शिर्ष नेतृत्व एवं माननीय सासंदहरूको ध्यानाकर्षण गर्न चाहन्छु । 


    सभामुख महोदय, जनताहरुले सासंदको हैसियतमा मलाई केही प्रश्नहरु राख्ने गर्दछन् । म ती प्रश्न प्रति निरूत्तर हुने गरेकी छु । म त्यो प्रश्नहरु सभामुख सामु राख्न चाहन्छु ।
    सभामुख महाेदय,


    1) कति दिनभित्र प्रतिनिधिसभा नियमावलि पास हुनेछ? 

    2) कति दिन भित्र संसदीय समितिहरू बन्नेछन्, र कुन दिनबाट सदन संविधानले परिकल्पना गरे अनुसार आफ्नो कामकारवाहिमा गतिशिल भएर अघि बढ्छ ? यी प्रश्न जनताले मलाई गरिरहन्छन तर म निरूत्तर छु त्यसैले यी प्रश्नहरुकाे जवाफ सभामुख मार्फत सुन्न चाहन्छु ।

    सभामुख महोदय , हुन त राज्यमा प्रधानमन्त्री एक्लैले १६-१६ वटा मन्त्रालय सम्हालेको बेला यो सदन मार्फत जनताका तत् तत् मन्त्रालय अन्तर्गतका समस्या राखौँ कि नराखौँ दुविधामा छु तर व्यक्ति होइन प्रणालीमा विश्वास गर्ने भएकाले म झापा जिल्लाका जनताले भोगरिहेको केहि समस्याका बारेमा यो सदन र नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहे ।

    झापाको भद्रपुरमा रहेकाे मेची अस्पतालमा सरकारी दरबन्दी आधा भन्दा बढी खाली छन्, नयाँ बनेको अस्पताल भवनको निर्माण म्याद कटे पनि हस्तान्तरण भएको छैन । भएको पुरानो भवन पनि आंशिक रूपमा क्षतिग्रस्त अवस्थामा रहेकाे छ, पुरानाे भवनमा न त राम्रोसँग सरसफाई हुन्छ न त उक्त अस्पतालबाट नागरिकहरुले राम्रो सेवा सुबिधा नै पाएका छन् । निर्माणयोग्य समानहरु थन्काई, जथाभाबी नयाँ मेसिनहरु किनिने गिरन्छ । 

    त्यसैले अस्पतालको उचित र नियमित संचालनका लागि समय समयमा अनुगमन टोलि खटाई अस्पतालको उचित व्यवस्थापनको लागि पहल गराउन सभामुख मार्फत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु। 

    सभामुख महोदय, 


    विगत १५ वर्षमा झापामा मात्रै हात्तीको आक्रमणले ५२ नेपाली र ५ जना विदेशीले ज्यान गुमाउनुका साथै करोडौंको खाद्यान्न बाली र कैयौं घरमा क्षति पुगेको छ  र  १६ (सोर्ह) हात्तीहरुको मृत्‍यु भएको छ ।
    एक तिर हात्तीबाट ज्यान गुमाउनु पर्छ की भनेर जनताहरु चिन्तीत छन, अर्को तिर हात्तीले ल्याएको बिनासको कारण पीडित बन्न पुगेका जनमनिसहरुले राहत पाउन पनि समस्या भोगिरहेका छन् ।

    पिडित वर्गहरुले अझैसम्म पनि सजिलै राहत पाएका छैनन्। त्यसैले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गतको वन्यजन्तु क्षति राहत निर्देशिका २०६९ (२ हजार उनान्सत्तरी) मा राहत वितरण सेवा वडा स्थरबाटै प्राप्त हुनसक्ने गरि परिमार्जन गर्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु साथै यस समस्याको दिगो समाधानहरू विकास गर्न विशेषज्ञहरूको टोली गठन गर्न समेत आह्वान गर्दछु ।

  • सम्बन्धित विषय:

  • # कान्छी सांसद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology