Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीलाई गौतमले भने:तपाईँले धेरै पटक अपमानित गर्नुभयो'

ओलीलाई गौतमले भने:तपाईँले धेरै पटक अपमानित गर्नुभयो'

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७७ सोमवार • ०८:१९:१७ बजे
  • 1.3K
    SHARES
  • ओलीलाई गौतमले भने:तपाईँले धेरै पटक अपमानित गर्नुभयो'

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पटक पटक अपमानित गरेको आरोप लगाएका छन् । सांसद बनाउने भनेर पटक पटक आफैले गलत प्रचार गरेको स्मरण गर्दै गौतमले पछिल्लो समय राष्ट्रिय सभा सदस्य बनाउने विषयमा ढिलाइ भएकोमा आपत्ति जनाएका थिए ।

    images
    सांसद बनाउने भनेर आफैले भने पनि आफूलाई त्यहीँ कुराले पटक पटक अपमानित गरेको गौतमको भनाइ छ । गौतमले बैठकमा भने, 'तपाईँको कुरा धेरै सुन्यौँ, एकछिन मेरो कुरा सुन्नुस् प्रधानमन्त्री ज्यू । सांसद बनाउने भनेर तपाईँले भन्नुभयो । त्यसैलाई लिएर पटक पटक अपमानित गर्नुभयो । सिफारिस गरेर पनि रोक्नु भयो । किन अपमानित गर्नु पर्यो ?'

    आफू पार्टीको निर्णय अनुसार अगाडि बढ्ने र पार्टीको निर्णय पालना गर्ने व्यक्ति भएको बताउँदै उनले पार्टीको निर्णय कार्यान्वयनका लागि मात्रै आफू राष्ट्रिय सभा सदस्य बनेको बताए । उनले भने, 'म पार्टीको निर्णय अनुसारमात्र गएको हुँ । तपाईँबाट म धेरै पटक अपमानित भइसकेको छु । 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology