Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिटरब्याज पीडितको धर्नामा रवि लामिछाने, समस्या समाधानको पहल गर्ने प्रतिबद्धता

मिटरब्याज पीडितको धर्नामा रवि लामिछाने, समस्या समाधानको पहल गर्ने प्रतिबद्धता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७९ मंगलवार • १०:०५:३९ बजे
  • 514
    SHARES
  • मिटरब्याज पीडितको धर्नामा रवि लामिछाने, समस्या समाधानको पहल गर्ने प्रतिबद्धता

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितको धर्ना कार्यक्रममा सहभागी भएका छन् ।

    images

    बालुवाटारमा आज बिहानैदेखि मिटरब्याज पीडित धर्नामा छन् । सो धर्ना कार्यक्रममा पुगेका लामिछानेले समस्या समाधानको पहल गर्ने बताए ।

    म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ ।

    त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी गराउँछु । लामिछानेले मिटर ब्याज पीडितको समस्या कानुनी उपचारबाट सम्भव नरहेको पनि बताए ।

    साहुहरूले अनेक किसिमका झुटा कागजपत्र तयार गरेकोले पीडितले अदालतबाट न्याय पाउन नसक्ने उनको भनाइ थियो । उनीहरूको माग सम्बोधन गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology