Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२८ वर्षीय पूर्व विद्यार्थीले गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु

२८ वर्षीय पूर्व विद्यार्थीले गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७९ मंगलवार • ११:११:०६ बजे
  • 562
    SHARES
  • २८ वर्षीय पूर्व विद्यार्थीले गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु

    अमेरिकाको टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ ।

    images

    गोली लागेर मारिएका बालबालिका ९ वर्षका छन् । गोली हानाहानमा मारिएका तीन वयस्कको उमेर ६०–६१ वर्षको आसपास रहेको छ । प्रहरीको जवाफी कारबाहीमा २८ वर्षीय आक्रमणकारी अड्रे हेलको मृत्यु भएको छ ।

    उनी विद्यालयका पूर्व विद्यार्थी थिए । गोलीबारी भएको विद्यालय न्यासभिलको एउटा निजी विद्यालय हो जहाँ ११ वर्षसम्मका बालबालिका पढ्छन् ।

    यो हमलापछि अमेरिकामा बन्दुक राख्ने कानुनमा परिवर्तनको बारेमा फेरि एक पटक पुरानो बहसको चर्चा सुरु भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाका घटनामा कारबाही गरिने बताएका छन् ।

    घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले मार्चको अन्त्यसम्ममा राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् । विद्यालय नजिकै बस्ने एक महिला क्याथीले स्थानीय सञ्चारमाध्यमलाई भनिन्, ‘सुरुवातका आठ वा दश सटहरू निकै चर्को थिए ।

    विद्यालय हाम्रो घरबाट दुई ब्लक मात्र टाढा छ । यो धेरै दुखद कुरा हो र यस्तो घटना जो कोहीमाथि पनि हुन सक्छ ।’ न्यासभिलका प्रहरी प्रमुख जोन ड्रेकले एनबीसी न्युजलाई भने, ‘उनले आफ्नो बाटोमा आउने जो कोहीलाई गोली हाने ।’

    आक्रमणकारी तेस्रो लिङ्गी भएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology