Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७९ मंगलवार • १६:२५:०० बजे
  • 625
    SHARES
  • मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल

    प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले तराईबाट आएका मिटरब्याजी पीडितको समस्या समाधान गर्न पहलकदमी लिएका छन् । गत सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजीको समस्या समाधान गर्न तत्परता देखाएका हुन् ।

    images

    प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सबैभन्दा पहिले सचिवालय मार्फत काम गरेको उल्लेख गरेकी छन् ।

    उनकाअनुसार तराईबाट पैदल हिँडेरै आउन थालेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर गुनासो सुनेर सम्बोधन गर्न आग्रह गरिएको थियो । तर, प्रमुख जिल्ला अधिकारीबाट समस्या समाधान नभएपछि मिटरब्याजी पीडित ११ दिन पैदल हिँडेर काठमाडौँ झरेका हुन् ।

    सोही क्रममा प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितसँग छलफल गर्न गृह सचिवलाई निर्देशन दिएका थिए । लगत्तै उनीहरूको समस्या समाधान गर्न समिति गठन भइसकेको छ ।

    यस्तै प्रधानमन्त्री प्रचण्डले पीडितका समस्या समाधान गर्न कानुन बनाउन तत्परता देखाएका छन् ।

    आज बस्ने मन्त्रिपरिषद् बैठकले मिटरब्याजी पीडित सम्बन्धी विधेयक संसदमा लैजाने विषयमा निर्णय गर्ने प्रधानमन्त्रीका स्वकीय सचिव दाहालले बताइन् । सबै सरोकारवाला पक्षसंग समन्वय गरेपछि प्रधानमन्त्रीले पीडितलाई भेट्ने तयारी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्रीको पहल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology