Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

७ महिना बन्द भएको आन्तरिक हवाइ उडान आजदेखि शुरु

७ महिना बन्द भएको आन्तरिक हवाइ उडान आजदेखि शुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७७ सोमवार • १०:००:१७ बजे
  • 2.5K
    SHARES
  • ७ महिना बन्द भएको आन्तरिक हवाइ उडान आजदेखि शुरु

    कोरोना भाइरस संक्रमण जोखिमसंगै बन्द भएको आन्तरिक हवाई सेवा आजदेखि सुचारु भएको छ । यसअघि कोरोना संक्रमण फैलिन नदिन सरकारले बन्दावन्दी गरेसँगै आन्तरिक तथा बाह्यु उडानमा रोक लगाएको थियो ।

    images

    आजदेखि सुरु भएको आन्तरिक हवाई उडानका क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हवाइ कम्पनीहरुले उडान शुरु गरेका छन ।नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान अनुमति दिएको थियो ।

    सोही अनुसार हवाइ कम्पनीहरुले यसअघि नै आजदेखि उडान सुरु गर्नेगरी टिकट बुकिङ खुल्ला गरेका थिए ।यती, तारा, बुद्ध, श्री, समिट, सिता, सिम्रीक एयरले आजबाट उडान शुरु गरेको जनाएको छ ।

    करिव ७ महिना बन्द भएको हवाइ उडान शुरु भएसँगै यात्रुहरुलाई सुरक्षित आवतजावतमा सहज हुने हवाइ कम्पनीहरुले विश्वास लिएका छन।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology