Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धर्मेन्द्र बास्तोला नेतृत्व सहित तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै

धर्मेन्द्र बास्तोला नेतृत्व सहित तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७९ बुधवार • १०:३२:०५ बजे
  • 619
    SHARES
  • धर्मेन्द्र बास्तोला नेतृत्व सहित तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै

    तीन साना कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ ।

    images

    मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत तथा मोहनविक्रम सिंह नेतृत्वको मसालबाट विद्रोह गरेको सन्तबहादुर नेपालीको नेकपा मशाल पार्टीबीच एकता हुने भएको छ ।

    आगामी चैत २१ गते काठमाडौँमा एक कार्यक्रमबीच एकता घोषण गरिने क्रान्तिकारी माओवादीका एक नेताले  बताए । उनका अनुसार एकतापछि तीन जना अध्यक्ष रहने अध्यक्ष मण्डलको व्यवस्था गरिनेछ ।

    अध्यक्ष मण्डलको संयोजकमा वैद्य रहनेछन् । यसअघि नै नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच एकता गर्ने सहमति भइसकेको थियो ।

    गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति पनि गठन गरिएको थियो ।

    वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति नै जारी गरेर एकता प्रक्रियामा सामेल हुन पार्टीको संगठन र नेता–कार्यकर्तालाई आह्वान गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # पार्टीबीच एकता हुँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology