Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपालीलाई मतदान अधिकार दिन निर्वाचन ऐन ल्याइने

प्रवासी नेपालीलाई मतदान अधिकार दिन निर्वाचन ऐन ल्याइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७९ बुधवार • १५:२४:२६ बजे
  • 466
    SHARES
  • प्रवासी नेपालीलाई मतदान अधिकार दिन निर्वाचन ऐन ल्याइने

    सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्नका लागि निर्वाचन ऐन ल्याउने भएको छ ।

    images

    सत्तारुढ गठबन्धनले तय गरेको सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका(प्रवासी) नेपालीलाई मतदान अधिकारको सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।

    गठबन्धनले तयार गरेको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गर्ने बताइएको छ ।

    सत्तारुढ गठबन्धनको बुधबारको बैठकले नीति तथा कार्यक्रमलाई टुंगो लगाएर सार्वजनिक गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न गठबन्धनका दलहरू जुटेका छन् ।

    गठबन्धनको आज बिहान बसेको बैठक बिना निष्कर्ष सकिएको छ । बैठक पुन दिउँसो ३ बजे बस्ने तय भएको छ । गठबन्धनभित्र मनत्रालय बाँडफँड नमिल्दा सरकार विस्तार विषय लम्बिएको छ ।

    सरकार गठनको लामो समय भइसक्दा पनि नीति तथा कार्यक्रम सार्वजनिक नगरेको तथा मन्त्रिपरिषद् विस्तारसम्म गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला गठबन्धनले त्यस विषयमा छलफललाई तीव्रता दिएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज या भोलीसम्ममा मनत्रीपरिषद विस्तारलाई पुर्णता दिने तयारी गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology