Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा

दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७९ बुधवार • १५:३१:१८ बजे
  • 439
    SHARES
  • दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा

    नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छन् । सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दावी गरेकी हुन् ।

    images

    बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रीपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १/२ दिन भित्रै यसले पूर्णता पाउने बताइन् । मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकीर समेत गरिन् ।

    उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनु भएको छ । र, सरकार विस्तारको चरणमा हामी छौं । सरकार विस्तारको गृह कार्य करिवकरिव अन्तिम अवस्थामा आएको छ ।

    अव मलाई लाग्छ–आजभोली १/२ दिनमै सरकार विरताले पूर्णता पाउनेछ । यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ । यो सरकारले कही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो ।

    त्यो ने सबै भन्दा ठूलो कुरा हो । त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।’ मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरुको चाहना अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

    उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धी विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन् ।

  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology