Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा-रास्वपा ‘आउट’

सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा-रास्वपा ‘आउट’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७९ बुधवार • २०:१३:३१ बजे
  • 613
    SHARES
  • सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा-रास्वपा ‘आउट’

    सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमति जुटेको छ ।

    images

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।

    बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ । यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनः सहभागी हुन नपाउने भएको छ । गठबन्धन भएको मन्त्रालयको भागबन्डा अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको रास्वपा भने सरकारमा सहभागी हुन नपाउने भएको हो ।

    पुस १० मा बनेको सत्ता समीकरण अनुसार उपप्रधानसहित ३ मन्त्री र एक राज्यमन्त्री लिएर रास्वपा सरकारमा सहभागी भएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि पदबाट राजीनामा दिएका थिए । नागरिकता पुनः प्राप्तिपछि सरकारमा जान रविले प्रयास गरेपनि प्रधानमन्त्री प्रचण्ड तयार भएनन् ।

    त्यसपछि रास्वपा माघ २२ गते सरकारबाट बाहिरिएको थियो । सरकारबाट समर्थन फिर्ता नलिएर रास्वापाले पुनः सरकार सहभागी हुने आधार कायमै राखेको थियो ।

    सोही रास्वपाले अनुसार चैत ६ गते प्रधानमन्त्रीलाई दोस्रो पटक विश्वासको पनि दिएको थियो । तर आज सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डामा रास्वपा छुटेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology