Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्रीको शपथ ४ बजे, कसलाई कुन मन्त्रालय ?

मन्त्रीको शपथ ४ बजे, कसलाई कुन मन्त्रालय ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७९ बिहिवार • ११:३३:५९ बजे
  • 949
    SHARES
  • मन्त्रीको शपथ ४ बजे, कसलाई कुन मन्त्रालय ?

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

    images

    गठबन्धन दलहरुबीच मन्त्रालय संख्या टुंगिएसँगै प्रधानमन्त्रीले आज दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने स्रोतले बतायो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ ।

    कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान–रक्षा मन्त्रालयको जिम्मेवारीसहित सरकारको नेतृत्व गर्ने भएका छन् । अर्थमा भने प्रकाशशरण महत जांदैछन् । परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ ।

    यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन । कांग्रेसले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सो बैठकले नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउँदैछ । त्यस्तै, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुँदैछ ।

    प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्। श्रेष्ठले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ ।

    यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल नियुक्त हुँदैछन् । ऊर्जा मन्त्रालय माओवादीको भागमा परेको छ । त्यसमा शक्ति बस्नेतलाई पठाउने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

    २ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको जसपाले शहरी विकास मन्त्रालय पाउने सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कसलाई कुन मन्त्रालय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology