Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्वर्णिम वाग्ले आफू कांग्रेसमा नरहेको सन्देश पठाए पछि कांग्रेसमा तरंग

स्वर्णिम वाग्ले आफू कांग्रेसमा नरहेको सन्देश पठाए पछि कांग्रेसमा तरंग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७९ बिहिवार • १५:५३:०५ बजे
  • 502
    SHARES
  • स्वर्णिम वाग्ले आफू कांग्रेसमा नरहेको सन्देश पठाए पछि कांग्रेसमा तरंग

    अर्थशास्त्री स्वर्णिम वाग्लेले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएका छन् ।

    images

    वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ । यही सन्दर्भमा वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरु शेखर कोइराला र डा. गोविन्द राज पोखरेललाई एसएमएस पठाएर आफू कांग्रेसमा नरहेको बताएका छन् ।

    ‘शेरबहादुर–आरजु कांग्रेसमा रहिन’ भन्दै उनले भविष्यमा यी ४ नेता नेतृत्वमा पुगेमा पुनः सहकार्य हुने सन्देश पठाएको एक नेताले जानकारी दिए ।

    स्वर्णिमको एसएमएस आएपछि महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेका छन् । तर स्वर्णिमसँग सम्पर्क हुन सकेको छैन ।

    स्रोतका अनुसार स्वर्णिम रास्वपाबाट उपचुनावमा उम्मेदवार बन्ने मनस्थितिमा पुगिसकेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरको चुनावमै स्वर्णिमलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । तर त्यतिबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका स्वर्णिमले अस्वीकार गरेका थिए ।

    स्वर्णिम कांग्रेसबाटै उम्मेदवारको आकांक्षी भए पनि उनले टिकट पाएका थिएनन् ।

  • सम्बन्धित विषय:

  • # कांग्रेसमा तरंग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology