Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा स्वर्णिम वाग्लेलाई उठाउन कुरा भइरहेको छ:रास्वपा प्रवक्ता

तनहुँमा स्वर्णिम वाग्लेलाई उठाउन कुरा भइरहेको छ:रास्वपा प्रवक्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७९ बिहिवार • १६:१२:१४ बजे
  • 799
    SHARES
  • तनहुँमा स्वर्णिम वाग्लेलाई उठाउन कुरा भइरहेको छ:रास्वपा प्रवक्ता

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनाव उम्मेदवार बनाउन कुरा भइरहेको बताएका छन् । 

    images

    ‘स्वर्णिमजीसँग कुरा भइरहेको छ हाम्रो । उहाँले पार्टीमा आबद्ध भएर प्राइमरी इलेक्सनमार्फत् छनोट हुनुपर्ने हुन्छ’, ढकालले भने, ‘हामीले तनहुँमा सरप्राइज दिन लागेका हौं । एक, दुई दिनमा केही आउला ।’

    वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए । उनी त्यतिबेला कांग्रेसबाटै चितवन र काठमाडौंमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहनामा थिए, तर सभापति शेरबहादुर देउवाले उनलाई प्राथमिकता दिएका थिएनन् ।

    रास्वपाको प्रस्तावमा स्वर्णिमले के प्रतिक्रिया दिएका छन् भन्ने खुलेको छैन ।

  • सम्बन्धित विषय:

  • # रास्वपा प्रवक्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology