Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शक्तिबहादुर बस्नेत उर्जामन्त्री बन्दै

शक्तिबहादुर बस्नेत उर्जामन्त्री बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७९ शुक्रवार • ११:४४:५५ बजे
  • 514
    SHARES
  • शक्तिबहादुर बस्नेत उर्जामन्त्री बन्दै

    नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले उर्जा मन्त्रालय पाएपछि बस्नेतले सो जिम्मेवारी पाएका हुन् ।

    images

    प्रधानमन्त्रीको रोजाइमा बस्नेत परेपछि उनलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । बस्नेतले आज ३ बजे उर्जा मन्त्रीको रुपमा सपथ लिने ती सदस्यले बताए ।

    बस्नेत यसअघि तीनपटक मन्त्री भइसकेका छन् । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृह र २०७४ सालमा वन तथा वातावरण मन्त्री भएका थिए । पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

    २०७४ र २०७९ सालको निर्वाचनमा उनी जाजरकोटबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । बस्नेतले सुरुमा गृहमन्त्री हुने आकांक्षा राखेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुने भएपछि उनी रोकिएका हुन् । श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री हुने भएका छन् ।

    सोही पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका अमनलाल मोदीले पनि मन्त्रालय फेर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए ।

    मोदीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको श्रोतले बताएको छ । तर, मोदीले सो मन्त्रालय लिन आनाकानी गरेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology