Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बोकोलाई संगिनी सुइ लगाइदिए पछि.....

बोकोलाई संगिनी सुइ लगाइदिए पछि.....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७९ शुक्रवार • ११:५२:३७ बजे
  • 790
    SHARES
  • बोकोलाई संगिनी सुइ लगाइदिए पछि.....

    गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने स‌ंगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ ।

    images

    गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुइ लगाइदिएको पाइएको गाउँपालिकाले जनाएको छ ।

    संगिनी सुइ एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन । तर तौल बढ्ने विश्वासका साथ किसानहरुकै सहमतिमा पशु स्वास्थ्य कार्यकर्ताहरुले बोका पाठामा यस्तो तीन महिने सुइ लगाउने गरेको पाइएको स्थानीयहरु बताउँछन् ।

    गाउँपालिकाले भने तीन महिने स‌ंगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुइ प्रयोग नगर्न सूचना नै जारी गरेको छ ।

    आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजि सजाय दिने भन्दै संगिनी सुइ लगाउन तत्काल रोक्न सूचना जारी गरेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # सुइ लगाइदिए पछि.....
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology