Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी मर्ज हुने

उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी मर्ज हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७९ शुक्रवार • १३:२४:१८ बजे
  • 391
    SHARES
  • उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी मर्ज हुने

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच एकता हुने भएको छ ।

    images

    यी दुई पाटीबीच आगामी बैशाख १० गते हुने उपनिर्वाचनपछि पार्टी एकता हुने भएको हो ।

    खरेलको राजनीति अब रास्वपाबाटै अघि बढ्ने र सुशासन पार्टीमा रहेका नेताहरूलाई पनि रास्वपामा समायोजन गर्ने समझदारी भएको रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

    उनका अनुसार रास्वपा र सुशासन पार्टीबीच औपचारिक सम्झौता भने उपनिर्वाचनपछि हुनेछ । खरेल रास्वपाबाट बारा–२ मा उम्मेदवार बन्दैछन् ।

    उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । त्यस्तै नेपाली कांग्रेस त्यागेर युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले पनि रास्वपा प्रवेश गरेका छन् । उनी तनहुँ १ मा रास्वपाबाट उपनिर्वाचन लड्दैछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology