Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महाकाली लोकमार्गअन्तर्गत: रुख कटानको आदेश नआएकाले काम गर्ने वातावरण भएन

महाकाली लोकमार्गअन्तर्गत: रुख कटानको आदेश नआएकाले काम गर्ने वातावरण भएन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १७, २०७९ शुक्रवार • १४:३०:२८ बजे
  • 475
    SHARES
  • महाकाली लोकमार्गअन्तर्गत: रुख कटानको आदेश नआएकाले काम गर्ने वातावरण भएन

    महाकाली लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्न निर्माण व्यवसायीले ठेक्का पाए पनि काम भने अगाडि बढ्न सकेको छैन । ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले काममा असर परेकोे हो । महाकाली करिडोरको शून्य बिन्दु (कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म १५ किमी) ट्र्याक खोल्ने कामको ठेक्का लिएको दुई वर्ष हुनलाक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले ११ किलोमिटर ट्र्याक खोल्ने काम रोकिएकोे निर्माण व्यवसायी देवीदत्त भट्टले बताउनुभयो ।

    images

    दिवा–सनिदेव जेभीसँग विसं २०८० असारसम्म निर्माण सम्पन्न गर्ने गरी रू पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको थियो । “रुख कटानको आदेश आउँछ भनेको डेढ वर्ष भइसक्यो”, उहाँले भन्नुभयो, “डडेल्धुरातर्फको चार किमीमा रुख कटानको आदेश आएपछि ट्र्याक खोलिसक्यौँ तर कञ्चनपुरतर्फको भने रोकिएको छ ।”

    निर्माण व्यवसायी भट्टले उपकरणसहित कार्यक्षेत्रमा तयारी अवस्थामा बसे पनि रुख कटानको आदेश नआउँदा काममा ढिलाइ हुनाका साथै आर्थिक नोक्सानी व्यहोर्नु परेको गुनासो गर्नुभयो । लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रुख कटान गर्नुपर्नेछ । “ठेक्कको समयावधि आगामी असारसम्म छ”, उहाँले भन्नुभयो, “रुख कटानको आदेश आउला र काम सुरु गरौँला भनेर बसेका छौँ ।”

    निर्माण व्यवसायी भट्टले ब्रह्मदेव क्षेत्रको सेल्फी डाँडासम्म रुख नभएकाले ट्र्याक खोल्न समस्या नभएको बताउनुभयो । “ठेकेदारले काम गरेन भनेर बद्नाम धेरै गर्छन्”, उहाँले भन्नुभयो, “तर सरकारी उल्झनले काम गर्ने वातावरण नहुँदा काम गर्न समस्या भइरहेको छ ।” त्यस्तै महाकाली करिडोर दार्चुला तिङ्कर सडक आयोजनाले रुख कटानको विषय अघि बढिसकेको जनाएको छ ।

    सोही लोकमार्गअन्तर्गत डडेल्धुरा क्षेत्रको एउटा प्याकेजले एक वर्षदेखि रुख कटानको आदेश पर्खिरहेको छ । डडेल्धुरामा लोकमार्गको २८ देखि ३८ किमीसम्मको भागमा रुख कटानको आदेश आएपछि काम भइरहेको छ । उक्त ट्र्याक खोल्ने जिम्मा केएस–मित्र जेभी कम्पनीले लिएको थियो । रुख कटानको आदेश नआइ काम गर्नसक्ने अवस्था नभएको कम्पनीका प्रतिनिधि डिल्लीराज लेखकले बताउनुभयो ।

    “अठतिस देखि ६५ किमीसम्मको २७ किमी ट्र्याक खोल्ने ठेक्का भएको वर्ष दिन हुँदा पनि रुख कटानको आदेश नआएपछि काम सुरु भएको छैन”, उहाँले भन्नुभयो ।

    निर्माणको ठेक्का सम्झौता गर्नुअघि नै काम गर्ने वातावरण सरकारले बनाइदिनुपथ्र्यो ।” उक्त क्षेत्रमा छ हजार रुख कटान गर्नुपर्ने प्रतिनिधि लेखकले जानकारी दिनुभयो । छत्तिस महिनाभित्र सडकको ट्र्याक खोल्ने गरी रू २३ करोडमा ठेक्का सम्झौता भएको थियो ।

  • सम्बन्धित विषय:

  • # काम गर्ने वातावरण भएन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology