Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको सचिवालय बैठक स्थगित

नेकपाको सचिवालय बैठक स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७७ सोमवार • १३:४६:४६ बजे
  • 1.3K
    SHARES
  • नेकपाको सचिवालय बैठक स्थगित

    आज पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठक स्थगित गरेका हुन् ।

    images

    हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । भोलिसम्म अध्यक्षद्वयबीच बैठकका अन्य एजेण्डामा पनि गृहकार्य गर्ने तयारी छ । त्यसका लागि आज पनि अध्यक्षद्वयबीच भेटवार्ता हुनेछ ।

    एक सचिवालय सदस्यका अनुसार बैठक भोलि दिउँसो १२:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । 

    नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ "प्रकाश"ले भने तयारी नपुगेकाले भोलि बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology