Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कराँचीमा भएको भागदौडमा नौजना महिलाको मृत्यु

कराँचीमा भएको भागदौडमा नौजना महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • १४:५१:५६ बजे
  • 517
    SHARES
  • कराँचीमा भएको भागदौडमा नौजना महिलाको मृत्यु
    एएनआई/ कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ । मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्।

    नि:शुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासि भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो । उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो ।

    कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । घाइतेहरू मध्ये कैयौंको अवस्था गम्भीर छ ।

  • सम्बन्धित विषय:

  • # नौजना महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology