Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रास्वपा चाँडै नै देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर खडा हुँदैछ : रवि लामिछाने

रास्वपा चाँडै नै देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर खडा हुँदैछ : रवि लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • १८:१२:४८ बजे
  • 802
    SHARES
  • रास्वपा चाँडै नै देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर खडा हुँदैछ : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी छिट्टै नै देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै लोकतान्त्रिक पार्टीको रुपमा उदाउने बताएका छन् । शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले डा.स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं विज्ञ व्यक्तिहरुलाई पार्टीमा स्वागत गर्ने उल्लेख गरे ।

    images

    उनले भने– ‘केही मानिसहरुले, केही समूहहरुले आफ्नो प्रगति, आफ्ना परिवारको प्रगति, आफ्ना वरिपरिका व्यक्तिहरुको प्रगतिको लागि मात्र राजनीतिलाई दुरुपयोग गरेका कारणले मात्र यस देशका मानिसहरुले दुःख पाएका हुन भन्ने कुरा सबैले बुझेका छन् । तर बुझेका सबैजना राजनीतिमा हामफाल्न आउँदैनन् । त्यो आँट र साहस राख्दैनन् ।

    किनकि राजनीतिभित्र अपराधीकरण हो वा अपराधीहरु राजनीतिमा हुन भन्ने अवस्था छ । राजनीतिको त्यो फोहोरमा, त्यो हिलोमा हत्तपत्त मानिसलाई आउन मन लाग्दैन । मानिसहरु आफ्नो परिवारको भविष्य चाहन्छ सके देशमा नभए विदेशमा । आफ्नो परिवारको भविष्यका लागि कैयौँ मानिसहरु विदेशमा गइरहेका छन् । के सँधैभरी मुलुकको यही अवस्था भइरहने हो त ? अवश्य पनि हैन ।

    क्षमतावान मान्छेहरुलाई राजनीतिमा ल्याएर उहाँहरुको विज्ञतालाई सदुपयोग गरेर यो देशको सुन्दर भविष्य कोर्न हामी सक्छौँ ।’ सभापति लामिछानेले अगाडि भने– ‘अहिले देखिएका हामी ३ भाई देशको लागि अत्यन्तै धेरै क्षमता देखिएका ३ भाई हैनौँ, यो देशमा त्यस्ता कैयौँ दाजुभाई दिदी बहिनी हुनुहुन्छ जसका लागि प्रेरणा बन्न सकोस्, कहाँ गएर आफ्नो विज्ञता प्रकट गरुँ भन्नेहरुका लागि हामीले ठाउँ राखेका छौँ ।

    म यहाँहरुलाई संकेत गर्छु कि कैयौँ त्यस्ता क्षमतावान व्यक्तिहरु हाम्रो पार्टीको माध्यमबाट सेवा गर्न तयार भएर बस्नुभएको छ । यो संकेत हो कि राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’ उनले डा.स्वर्णिम वाग्ले, रमेश खरेलसहित गरिएको यो प्रेस भेटघाट कार्यक्रम जनाउ घण्टी मात्र भएको बताउँदै हजारौं क्षमतावान व्यक्तिहरु पार्टीमा आउन लागेको उल्लेख गरे ।

    उनले रास्वपाले २ तिहाईको बहुमत ल्याउने पार्टी बन्ने, वाग्ले, खरेल जस्ता व्यक्तिले मन्त्रालय हाँक्ने र त्यहाँ बिचौलिया, भष्टाचारीको प्रवेश निषेध गर्ने व्यवस्थाको आफूले सपना देखेको र त्यो पूरा हुने आधार रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology