Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकामा आँधीका कारण तीनजनाको जनाको मृत्यु, कैयौं घाइते

अमेरिकामा आँधीका कारण तीनजनाको जनाको मृत्यु, कैयौं घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • १८:२५:३७ बजे
  • 598
    SHARES
  • अमेरिकामा आँधीका कारण तीनजनाको जनाको मृत्यु, कैयौं घाइते

    मध्यअमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन् ।

    images

    अमेरिकाका अन्य थुप्रै भागमा आँधीका कारण घर टुक्रा–टुक्रा भई भग्नावशेषमा परिणत भएका छन् । पुलास्की काउन्टीका प्रतिनिधि मेडलिन रोबर्ट्सका अनुसार यस क्षेत्रमा कम्तिमा ५० जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ । यसबाहेक व्याने शहरमा दुई व्यक्तिको मृत्यु भएको छ ।

    अर्कान्ससका गभर्नर साराह हकाबी स्यान्डर्सले आपतकालीन अवस्थाको घोषणा गर्दै राज्यको नेशनल गार्डलाई तम्तयार रहन निर्देशन दिएका छन् ।

    तुफानको असरले गर्दा शुक्रबार राति राज्यभर ७४ हजारभन्दा बढी उपभोक्ता बिजुलीविहीन बनेका थिए । मिसिसिपीमा आएको शक्तिशाली आँधीले कम्तिमा २६ जनाको ज्यान लिएको एक सातापछि टोर्नाडोले यस क्षेत्रमा गम्भीर असर गरेको हो ।

  • सम्बन्धित विषय:

  • # अमेरिकामा आँधी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology