Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ–१ उपनिर्वाचन :उम्मेदवारको मनोनयनपत्र दर्ता आज

तनहुँ–१ उपनिर्वाचन :उम्मेदवारको मनोनयनपत्र दर्ता आज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २०, २०७९ सोमवार • ०९:५८:४१ बजे
  • 331
    SHARES
  • तनहुँ–१ उपनिर्वाचन :उम्मेदवारको मनोनयनपत्र दर्ता आज

    आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदैछ ।   तनहुँ क्षेत्र नंं १  मा हुने उपनिर्वाचनका लागि यही चैत १८ गते सञ्चालनमा आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

    images

    यसैबीच उपनिर्वाचनका लागि तनहुँमा सात सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले हाल कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिनुभयो । “उहाँका अनुसार विभिन्न कार्यालयमा रहेका कर्मचारीको विवरण माग गरेका छौँ”, उहाँले भन्नुभयो, “कर्मचारी खटनपाटनको काम चैत मसान्तबाट हुन्छ ।”

    तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका ४२ वडामा ६९ मतदानस्थल तथा एक सय ५२ मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाउने तयारी गरिएको छ । “उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि मात्रै चुनाव भएकाले धेरै कर्मचारी खटाउनुपरेन, मङ्सिर ४ गतेको निर्वाचनमा प्रदेशसभातर्फ पनि उम्मेदवार हुँदा धेरै कर्मचारी खटाइएको थियो”, प्रमुख ढकालले भन्नुभयो । 

    विभिन्न मतदान केन्द्रको निरीक्षण पनि सुरु गरिएको छ ।  उम्मेदवारी दर्ता र  निर्वाचन चिह्न प्रदान गरेपछि कर्मचारी खटनपटनको कामलाई अगाडी बढाइने उहाँले बताउनुभयो । 

    निर्वाचन आयोगले तनहुँ १ को मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरेको छ । जिल्ला समन्वय समितिको कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

    मुख्य निर्वाचन अधिकृत आचार्यले सबैको सहयोगबाट निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षरुपमा सम्पन्न गर्न सकिने बताउनुभयो । जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकारलगायतको सहयोगबाट निर्वाचनलाई मर्यादित र भयरहित रुपमा सम्पन्न गर्न सहयोग आवश्यक छ भन्नुभयो । 

    तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ । 

    मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनका लागि माघ २९ गतेसम्म मतदाता नामावलीमा दर्ता गरेकाले मत हाल्न पाउने निर्णय भएको कार्यालयले जनाएको छ । 

    मङ्सिर ४ गतेसम्म तनहुँ १ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । प्रतिस्पर्धी नेकपा ९एमाले० का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गर्नुभएको थियो ।  कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिपदमा निर्वाचित हुनुभएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

  • सम्बन्धित विषय:

  • # तनहुँ–१ उपनिर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology