Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आँचलले श्रीमानको पूर्वप्रेमिकाबारे खुलासा गरेपछि....

आँचलले श्रीमानको पूर्वप्रेमिकाबारे खुलासा गरेपछि....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २०, २०७९ सोमवार • १९:२६:५४ बजे
  • 649
    SHARES
  • आँचलले श्रीमानको पूर्वप्रेमिकाबारे खुलासा गरेपछि....

    आँचल शर्मा बोल्न सिपालु अभिनेत्री पनि हुन् । तर बोल्दा बोल्दै कहिले काही उनी चिप्लने गर्छिन् ।

    images

    के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् । त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आएकी छन् । अहिले पनि उनको आलोचना हुन थालेको छ ।

    यतिबेला उनको आलोचनाको विषय प्रकाश सुवेदीसँग दिएको एक अन्तवार्ता हो । जसमा उनले भलिबल खेलाडी सिपोरा गुरुङको विगत कोट्याएकी छन् । कार्यक्रममा आँचललाई सिपोरा गुरुङलाई कसरी चिन्नुहुन्छ ? भनेर तस्बिर देखाएर प्रश्न राखिएको थियो । जसमा उनले सिपोरालाई भलिबल खेलाडी र उदिपको पूर्व प्रेमिका भनेकी छन् ।

    सञ्चालकले बोलचाल हुन्छ भन्दा भनेर फेरि प्रश्न राख्दा उनले आफूसँग त्यति ठूलो मुटु नभएको र आफ्नो श्रीमान्को पूर्व प्रेमिकासँग कसरी सम्बन्ध बनाउन सकिन्छ भन्ने जवाफ दिएकी छन् । उदीप श्रेष्ठ आँचलका श्रीमान् हुन् ।

    उनी सिपोराको प्रेममा समेत थिए भन्ने कुरो हालसम्म मिडियामा नआएको बिषय हो । तर, आँचलले भने मिडियाको कार्यक्रम मार्फत सबै कुरो खोलिन् ।

    यो कुरोमा उदीपलाई आपत्ति नहोला । सिपोराले आपत्ति जनाउँछिन् वा जनाउँदिनन्, त्यो उनको बिषय हो । तर सिपोराको व्यक्तिगत बिषय उनले मिडिया मार्फत खुलासा गरेकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology