Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अतिवादी समूह अलसबाबका कमाण्डर नेपाली नागरिक मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाको दाबी

अतिवादी समूह अलसबाबका कमाण्डर नेपाली नागरिक मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाको दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७७ आइतवार • १३:३३:४९ बजे
  • 2.4K
    SHARES
  • अतिवादी समूह अलसबाबका कमाण्डर नेपाली नागरिक मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाको दाबी

     

    images

    फाइल तस्बिर।

    सोमालियाका सुरक्षा फौजले मुस्लिम अतिवादी समूह अलसबाबका कमाण्डरलाई मारेका छन्। त्यहाँको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ।

    सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन्। उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए। हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ। रोयटर्सको सोही समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ।

    हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन्। उक्त कारबाहीमा उनीसँगै अरू तीन लडाकु पनि मारिएका छन्।

    सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ। त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलेको छैन।

    सेतोपाटी

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology