नेपाली बजारमा आज (मंगलबार) पहेँलो धातु सुनको भाउ प्रतितोला एक हजार रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सोमबारको तुलनामा सुनकाे भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो ।
सोमबार तोलाको एक लाख ८ हजारमा कारोबार भएको छापावाल सुन आज तोलाको एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तेजाबी सुन तोलाको एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ ।
चाँदी तोलाको एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।