Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी घटकले चैत २७ गते अन्तर्क्रिया गर्ने

माओवादी घटकले चैत २७ गते अन्तर्क्रिया गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७९ मंगलवार • १२:४४:३५ बजे
  • 760
    SHARES
  • माओवादी घटकले चैत २७ गते अन्तर्क्रिया गर्ने

    माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन्।

    images

    द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिया गरिने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘माओवादी धाराको यसअघिकै कार्यक्रमको निरन्तरता स्वरूप चैत २७ गते अन्तर्क्रिया गर्न थालेका छौँ ।

    द्वन्द्वरत पक्ष र विपक्ष दुवै राखेर छलफल हुने छ । अरू सरोकारवाला निकायलाई समेत बोलाएको छ’ बुढाले भने, ‘सबैपक्षसँग अन्तर्क्रिया गरेर शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन खोजिएको हो ।’ शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउनु माओवादीको मात्रै नभएर राज्यको दायित्व भएको बुढाले बताए ।

    माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन् ।

    मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको पार्टी र सन्तबहादुर नेपाली नेतृत्वको पार्टी माओवादी धारको बैठकमा अनुपस्थित हुने गरेका छन् ।

    आगामी २७ गते हुने कार्यक्रम बोलाए पनि उपस्थित हुने वा नहुने विषयमा टुङ्गो नलागेको यो समूहले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # माओवादी घटक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology