Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रवि लामिछानेको उम्मेदवारीविरुद्ध उजुरी

रवि लामिछानेको उम्मेदवारीविरुद्ध उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७९ मंगलवार • १२:४८:०६ बजे
  • 385
    SHARES
  • रवि लामिछानेको उम्मेदवारीविरुद्ध उजुरी

    समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

    images

    पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेको उम्मेदवारी अयोग्य रहेको भन्दै आज चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

    नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् । तर, रवि लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ ।

    पौडेलले लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न उजुरीमा माग गरेका छन् । सोमबार लामिछानेले चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

    r1.png

    r2.png

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology