Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मधेश सरकारका एमाले मन्त्रीहरूद्वारा राजीनामा

मधेश सरकारका एमाले मन्त्रीहरूद्वारा राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७९ मंगलवार • १७:२७:५९ बजे
  • 436
    SHARES
  • मधेश सरकारका एमाले मन्त्रीहरूद्वारा राजीनामा

    मधेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् ।

    images

    एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।

    मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय उपस्थित थिए ।

    सोमबार राति मुख्यमन्त्री यादवले फोन गरेर एमालेका मन्त्रीहरुलाई राजीनामा बुझाउन भनेका थिए । २७ पुसमा एमालेले समर्थन दिएपछि जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    पुस २९ गते मुख्यमन्त्रीसँगै एमालेका संसदीय दलका नेता सरोज यादव मन्त्रीको सपथ लिएका थिए । एमालेबाट अन्य तीन मन्त्री र राज्यमन्त्रीले भने माघ २० गते सरकारमा सहभागी भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology