Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हर्क साम्पाङ र बालेनबीच भेटवार्ता

हर्क साम्पाङ र बालेनबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७९ मंगलवार • १७:३०:१८ बजे
  • 760
    SHARES
  • हर्क साम्पाङ र बालेनबीच भेटवार्ता

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

    images

    मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको हो ।

    बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको छ । भेटमा मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेको थिए । उनीहरूले एकअर्कालाई ‘सिलाम साक्मा’ लगाइदिएका थिए ।

    सिलाम साक्मालाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ । उनीहरुको भेटवार्ताको तस्बिर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा धेरैले सकारात्मक प्रतिक्रियाका साथमा तस्विर सेयर गरिरहेका छन् । मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा विकासको योजनाहरु बोकेर यतिबेला संघीय राजधानी काठमाडौंमा छन् ।

    उनीहरुसँग प्रशासनका अनुगमन अधिकृत वेदप्रकाश सापकोटा र उपमेयरका स्वकीय सचिव खेम रनपहेली पनि सागै आएका छन् । आगामी आर्थिक बर्षको बजेटमा धरानको प्राथमिकतामा रहेको खानेपानीको लागी बजेटसँगै अन्य विभिन्न योजनाहरु लिएर टोली संघीय राजनधानी आएका हुन् ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धरानमा कोशीबाट पानी ल्याउने योजना आउँदो बजेटमा राख्न आग्रह गरेका उनले शहरी विकासमन्त्री सीता गुरुङलाई पनि भेटेका छन् ।

    प्रधानमन्त्रीसँग साम्पाङले धरानमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि कोशीबाट खानेपानी ल्याउने योजना बुझाएका छन् । यस्तै उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई पनि भेट गरेर मागपत्र बुझाएका छन् ।

  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ र बालेन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology