Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोशी नामबाट पछि हट्यो नेकपा माओवादी केन्द्र

कोशी नामबाट पछि हट्यो नेकपा माओवादी केन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७९ बुधवार • १९:०८:३९ बजे
  • 1.2K
    SHARES
  • कोशी नामबाट पछि हट्यो नेकपा माओवादी केन्द्र

    प्रदेश-१ को नामकरणको क्रममा कोशी प्रदेशको पक्षमा मतदान गरेको नेकपा माओवादी केन्द्र एक महिनापछि कोशी नामबाट पछि हटेको छ ।

    images

    आज (बुधबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय पदाधिकारीको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महाराले माओवदी पहिचानकै पक्षमा रहेको बताए । प्रवक्ता महराले भने, ‘कोशी नामको विरुद्ध पहिचानको पक्षधरले गरिरहेको आन्दोलनप्रति हाम्रो समर्थन छ ।

    पहिचानको विषयमा हामी पछि हटेका छैनौं । हाम्रो पार्टी निष्पक्ष पहिचानकै पक्षमा छ । पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो अलिकति कमजोरी भयो । प्रदेश कमिटीले पनि पहिचानकै पक्षमा छौँ भनिसकेको छ ।

    हामी पनि पहिचानकै पक्षमा छौँ ।’ कोशी प्रदेश नामकरण खारेजीको माग गर्दा आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) लाई सहिद घोषणा गर्न पनि माओवादीले माग गरेको छ । महराले भने, ‘आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने र राहत दिने कुरा भएको छ ।

    छानविन सरकारले गरिरहेको छ । के कसरी भएको हो भन्ने सरकारले गर्छ । हामी चाहिँ सहिद घोषणा गर्नुपर्छ र राहत दिनुपर्छ भन्ने पक्षमा छौँ ।’ यसअघि, यही १७ गते विज्ञाप्ति जारी गर्दै माओवादीको प्रदेश समितिले पनि पहिचान पक्षधरको कोशी विरोधि आन्दोलनमा समर्थन जानएको थियो ।

    अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ र सचिव गणेश उप्रेदी ‘शुशिल’ले विज्ञाप्ति जारी गर्दै पहिचान पक्षधरको आन्दोलमा सहमति जनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology