Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच पार्टी एकता हुँदै

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच पार्टी एकता हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७९ बिहिवार • १०:४८:४० बजे
  • 526
    SHARES
  • नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच पार्टी एकता हुँदै

    नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ ।

    images

    भोलि घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको छ ।

    क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बी लामो समययता पार्टी एकताका लागि छलफल हुँदै आएको थियो । दुई पार्टीले गठन गरेको वार्ता टोलीले पार्टी एकताको सहमति जुटाएको हो ।

    गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति पनि गठन गरिएको थियो ।

    वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति नै जारी गरेर एकता प्रक्रियामा सामेल हुन पार्टीको संगठन र नेता–कार्यकर्तालाई आह्वान गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology