Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

केही दिनमै समाजवादी मोर्चाको घोषणा हुन्छ: उपमहासचिव शर्मा

केही दिनमै समाजवादी मोर्चाको घोषणा हुन्छ: उपमहासचिव शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७९ बिहिवार • २०:०२:४९ बजे
  • 685
    SHARES
  • केही दिनमै समाजवादी मोर्चाको घोषणा हुन्छ: उपमहासचिव शर्मा

    नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले अबको केही दिनभित्रै समाजवादी मोर्चाको घोषणा हुने बताएका छन् ।

    images

    बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको संगठन विभागको कार्यक्रममा बोल्दै शर्माले समाजवादी मोर्चाको घोषणा गर्नका लागि आन्तरिक रूपमा तयारी तीव्र छलफल भइरहेको बताएका हुन् ।

    शर्माले तीन दलहरुकाबीच समाजवादी मोर्चा भन्न लागेको जानकारी दिए । तर, उनले कुन–कुन दलहरुबीच समाजवादी मोर्चा भन्दै छ त्यो भने खुलाएनन् । यस्तै शर्माले माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे ।

    उनले भने,‘ माओवादीले सामाजिक, सांस्कृतिक अभियानलाई अगाडि बढाउनुपर्ने छ । त्यसका विविध खालका कुराहरू आउँछन् । यो अभियानलाई सार्थकता तुल्याउने गरी अघि बढ्नु आजको आवश्यकता हो ।

    यही नै समाजवादी यात्राको जग हो ।’ शर्माले माओवादीलाई अब नयाँ तरिकाले अगाडि बढाउनुपर्ने बताए । यस्तै उनले प्रदेश सरकारको हकमा केन्द्रीय गठबन्धनले निर्णय गर्ने र अबको केही दिनमै निकास पाउने बताए ।

  • सम्बन्धित विषय:

  • # उपमहासचिव शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology