Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीतिक बन्दीको रिहाइ, झुठा मुद्दाको खारेजी

राजनीतिक बन्दीको रिहाइ, झुठा मुद्दाको खारेजी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७९ बिहिवार • २०:०८:३३ बजे
  • 445
    SHARES
  • राजनीतिक बन्दीको रिहाइ, झुठा मुद्दाको खारेजी

    सत्तासाझेदार दलहरूले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

    images

    बिहीबार संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न भागहरूमा भएका आन्दोलनको क्रममा लगाइएका मुद्दाहरूको पुनरवलोकन गर्ने र झुठा मुद्दाहरू खारेज गर्दै राजनीतिक प्रकृतिका बन्दीहरूलाई रिहाइ गर्ने जानकारी दिईन् ।

    उनले विस्तृत शान्ति सम्झौता र तराई÷मधेस लगायतका आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीहरूबीच भएका सहमति र सम्झौताहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्ने बताईन् ।

    यस्तै, आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनसम्बन्धी कार्य गर्ने पनि सत्तासाझेदार दलको साझा न्यूनतम कार्यक्रममा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # झुठा मुद्दाको खारेजी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology