Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २४, २०७९ शुक्रवार • १०:५२:०५ बजे
  • 574
    SHARES
  • टीकापुर साहित्य महोत्सव शनिबारदेखि

    कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । 

    images

    टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ । छलफलमा सहभागी हुने सहजकर्ता र वहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिनुभयो । 

    महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहनेछ । टीकापुर साहित्य महोत्सव हरेक वर्ष  गरिने अध्यक्ष शाह बताउनुहुन्छ । महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् । 

    महोत्सवको उद्घाटन सत्रमा तीन विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । रु एक लाख राशिको ‘खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, २०७८’ थोमस वर्गिज र मेरी वर्गिजलाई प्रदान गरिने छ । उक्त पुरस्कार टीकापुर योजनाबद्ध सहरका परिकल्पनाकार पूर्व मन्त्री स्व खड्गबहादुर सिंहको सम्झानामा स्थापना गरिएको हो । वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय (हाल वीरेन्द्र विद्या मन्दिर मावि) स्थापना गरी यहाँको शैक्षिक क्षेत्रमा योगदान दिनुभएको थियो । 

    यस्तै रु ५० हजार राशिको ‘टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार’ गायिका अनु चौधरीलाई प्रदान गरिने छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार नेपाली, खस र थारु भाषामा गीत गाएर भाषा र कलाको उन्नयन तथा प्रवद्र्धन गरेकाले उहाँलाई प्रदान गर्न लागिएको हो । यस्तै रु २५ हजार राशिको ‘टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार’ टीकापुर उच्च माविबाट उत्कृष्ट नतिजा ल्याउनुभएका गणेश बाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई दिइने भएको छ । 

    स्थानीय साहित्यकार कान्तिप्रसाद ज्ञवालीले टीकापुरलाई चिनाउने कार्यक्रम आयोजना गरिएकामा खुसी व्यक्त गर्नुभयो । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले साहित्य कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने बताइएको छ । चिसापानीदेखि टीकापुर उद्यानसम्म कर्णाली नदीमा ¥याफ्टिङको व्यवस्थासमेत गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology