नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पेरिसडाँडाबाट आज फेरि बालुवाटार सरेको बैठकमा चारवटा एजेण्डामा छलफल केन्द्रित हुनेछ ।
आइतबार पेरिसडाँडामा सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठनको सैद्धान्तिक पक्षमा छलफल भएको थियो । त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकका एजेण्डामा सहमति खोज्ने प्रयास गरेका थिए ।
स्रोतका अनुसार आजको बैठकमा अध्यक्षद्वयले आपसी छलफलका आधारमा तय गर्नेगरी मन्त्रिमण्डल पुनर्गठनलाई सचिवालयबाट आफूमा केन्द्रित गर्नेछन् । त्यसपछि एक दुई दिनमा सहमति गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी छ ।