Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण योगदान : सचिव डा रेग्मी

सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण योगदान : सचिव डा रेग्मी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७९ शनिवार • ११:०१:३८ बजे
  • 430
    SHARES
  • सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण योगदान : सचिव डा रेग्मी

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।

    images

     राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनमा  कार्यपत्र प्रस्तुत गर्दै उहाँले सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएकाले मानव विकास सूचाङ्कमा सुधार ल्याउन पनि सहकारीको योगदान हुने धारणा राख्नुभयो ।

     डा रेग्मीले भन्नुभयो, “सहकारी क्षेत्रले नेतृत्व विकास, स्वरोजगार, उद्यमशीलतामा विशेष योगदान गरेको छ, सहकारीको माध्यबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन सकिनेछ ।” केही सहकारीमा समस्या आउँदा सिङ्गो सहकारी बदनाम बन्न पुगेको उल्लेख गर्दै उहाँले सुरक्षित अवतरणका लागि सबैको सहयोग र योगदानको खाँचो औँल्याउनुभयो ।

     पूर्वसचिव गोपीनाथ मैनालीले स्वनियमन सिद्धान्त आदर्श भए पनि सहकारीका लागि आत्मा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भित्रैको मान्छेले समस्या देख्ने भएकाले स्वनियमन महत्वपूर्ण हुन्छ, सदस्य नै ठूलो नियमक भएकाले चासो राख्नुपर्छ, नियमन गर्नुपर्छ ।” काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा विनोदकृष्ण श्रेष्ठले बिगे्रका सहकारीलाई सही बाटोमा ल्याउन र स्वनियमन मात्र नभई नियमन पनि गर्न आवश्यक छ भन्नुभयो । राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक डिबी बस्नेतले जानी जानी सहकारीलाई आफ्नो व्यवसाय बनाउनेलाई कारबाही गरिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष केशवप्रसाद बडालले सदस्यको पैसा संरक्षण गर्न सञ्चालक, व्यवस्थापन र लेखा समिति सक्रिय हुनुपर्छ भन्नुभयो ।

  • सम्बन्धित विषय:

  • # सचिव डा रेग्मी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology