Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७९ शनिवार • ११:०९:५९ बजे
  • 745
    SHARES
  • प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

    images

    गत साता शुक्रबारको तुलनामा तोलामा ८०० रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    गतसाता शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ कायम थियो ।

    जबकी, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।

    यो साताको बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ सम्म पुगेको थियो । त्यसयताका २ दिन लगातार मूल्य घट्दै १ लाख १० हजार रुपैयाँमा कायम भएको हो ।

    सुनको मूल्य बिहीबार ८०० र शुक्रबार २०० ले घटेर कारोबारमा आएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य समेत तोलामा ४० रुपैयाँले बढेको छ ।

    महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ४० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology