Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्ररदेशी युबाहरुलाई नेपाल आमाको पुकार

प्ररदेशी युबाहरुलाई नेपाल आमाको पुकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०७७ आइतवार • १६:५७:०८ बजे
  • 7.5K
    SHARES
  • प्ररदेशी युबाहरुलाई नेपाल आमाको पुकार

    तिमिलाई तिम्रो बारिले खोजे छ। तिमिलाई तिम्रो खेतले पर्खेको छ। तिमिलाई हरियाली बनजङ्गलले कुरेको छ तिमिलाई कलकल बग्ने खोलानालाले रुघेको छ । तिमिलाई भने कुनै कुराको मतलब नै छैन । तिमि कत्ती स्वार्थी रहेछौ मेरो मायाको वास्तै छैन। तिमि भने अर्काको मुलुकमा हासी खुसि रमाएका छौ । तर तिमिलाई के थाहा आफ्नो जीवनको अमुल्य समय अरुको देश निर्माण र बिकासमा बित्दै छ । म भने तिम्रो बाटो कुरेर बसेको छु आफ्नो अधिकारबाट बञ्चित भएर बस्नु परेको महसुस गरेको छु ।

    तिमिलाई थाह छ, मैले दिने मकै बिदेशबाट आउछ रे, मैले दिने धान बिदेशबाट आउछ रे, मैले दिने सम्पुर्ण कुरा बाहिरबाटै आउछ रे म माथी किन यत्रो अन्याय ? के मेरो आपूर्तिमा कुनै कमि छ ? मलाई हजारौं बर्षदेखीको सम्बन्ध सकिएको अनुभुती भएको छ । मलाई आपूर्ति गर्ने सामर्थ्य हुदाहुदै असामर्थ्यताको अनुभुती भएको छ । म बोल्न सक्दिन, हिड्न सक्दिन र बजारीकरण गर्न नसके पनि तिमिहरुलाई चाहिने सबै थोक पुर्याएकै थिए तर ममाथी किन अबिश्वास ? मैले दिने सामानमा गुणस्तरको कुनै कमि थिएन । सबै ताजा नै थिए, सबै स्वस्थकर थिए । यति हुदाहुदै पनि मेरो सामानको माग नहुनु र परदेशी सामानको माग हुनुमा ठुलै चलखेल भएको हुनुपर्छ । त्यही चलखेल शिकार तिमि हुनु पर्यो । म चाहान्छु कि तिमि जस्तै शिकार तिम्रा सन्तती हुन नपरोस ।

    नेपाल धर्ती आमाले यहि भनेकी छिन । यहाँको प्राकृति स्रोत साधनहरुले यहि भनेको छन । युबाहरु बिदेशिनुको पिडा यहाको जल, जमिन, बायु सबैलाई छ । तिमिजस्तो युबाहरुलाई किन भएन ? आजका युबाहरुलाई मेरो साथको अर्थ नभएकै हो त ? मेरो उत्पादन र आपूर्तिमा कमजोरी भएकै हो कि गराईएको हो ? म हिजोका दिनमा जस्तै आफ्नो कार्यलाई निरन्तर अगाडि बढाउन चाहन्छु केबल मलाई तिमि जस्ता युबाको साथ चाहिएको छ । के तिमि मलाई साथ दिन तयार छौ ? चाहन्छौ भने यहि आउ र आफनै देशलाई हरभरा बनाउ । तिमिलाई मैले कचकच गरे जस्तो पनि लाग्न सक्छ, बास्तबिकता बिस्तारै बुझ्ने छौँ ।

    ल ठिक छ, मेरो त तिमिलाई कुनै चिन्ता भएन तर तिमिलाई जन्म दिने बुवाआमा, तिमिलाई जिन्दगी भर साथ दिने जिबन साथी र तिम्रो वंशलाई निरंतरता दिने तिम्रो छोराछोरीको पनि माया छैन ? के तिमिलाई सबै सङ्गै बस्ने मन छैन ? के तिमिलाई आफ्नै परिवारसङ्ग बस्ने रहर छैन ? के तिमिलाई आफ्नो देश बनाउने इच्छा छैन ? छ भने छिट्टै आउ । परदेशमा बगाएको पसिनारुपी रगत आफ्नै देशमा बगाउ र आफ्नै देश बनाउ ।

    मैले सुनेकी छु, तिम्रा बाआमा गाउँको घर कुरेर बसेकाछन, तिम्रो जिबन साथी छोराछोरी पढाउने निहुमा सहर गएकी छिन र तिमि परदेशिको सेवामा समर्पित छौ। के तिमिलाई तिम्रो बुवाआमाको काख र जिबन साथिको साथ बढी भएको हो ? के तिमि आफ्नै देशमा असुरक्षित भएका हौ । अन्तमा तिमि मसङ्गै आउने हो, तिमिलाई मेरै काख चाहिने हो । यदि यस्तो हो भने मासु जति अरुलाई हाडजती किन मलाई ? कहिले काही त मलाई यस्तो लाग्छ, तिम्रो जवानी र पसिना परदेशलाई स्वदेशको बृद्ध भत्ता तिमिलाई । के यो न्यायोचित कुरा हो ?

    तिम्रा बाबुआमा जवान हुँदा मलाई कत्ती माया गर्थे । उनिहरुले धेरै भन्दा धेरै समय मसङ्गै बिताउथे । बिहानदेखी साझसम्म मसङ्गै हुन्थे । तिमिलाई थाह छ, कहिले काही त रातमा पनि जुनकिरी लिएर मसङ्गै आउथे । उनिहरुले आफ्नो दुखसुख मसङ्गै साट्थे । हामी सबै खुसी हुन्थ्यौ । मैले सुनेकी छु, आज उनिहरुसङ्ग मकाहा आउने शक्ती छैन । मसङ्ग उनिहरुलाई भेट्न खुट्टा छैन । हामी दुबै एक आपसमा भेट्न हतार छौ । हामिलाई भेट गराउने तिमि परदेशिको सहरमा छौ । तिमिले मलाई भुले पनि तिम्रा बाआमाले मलाई भुल्न सक्दैनन् । मैले तिमिहरुलाई ।

    अहिले त मलाई मया गर्नेहरु सबै बुढा बुढी भए भन्ने सुनेको छु । उनिहरुलाई सहारा दिने कोहि छैन भन्ने सुनेको छु । पानी ल्याउन र खाना बनाउन सहयोग गर्ने कोहि छैनन भन्ने सुनेको छु । कोहिको त सदाको लागी बिछोड भयो भन्ने सुनेको छु । कोहि त अर्कै लोकमा गएर बसेका छन भन्ने सुनेको छु । जो छन उनिहरु आफ्नै जीबनदेखी हरेश खाएर बसेका छन । मलाई उनिहरुको असाध्यै माया लाग्छ तर के गर्नु तिम्रै कारण हाम्रो पनि बिछोड भएजस्तै भाछ ।

    तिमिलाई थाहा छ, मैले त अर्को कुरा पनि सुनेको छु नि । तिम्रो जिबन साथी छोराछोरी पढाउने निहुमा सहर गएकी छिन । तिम्रा बुवा आमा गाउमा छन । उनलाई तिमिले पढेको स्कूल सरकारी भयो, तिमि हुर्केको ठाउँ गाउँ भयो, तिमिले पढेको किताब नेपाली भयो । तिमिले परदेशमा कमाएको पैसा अङ्ग्रेजी पढाउने निहुमा पुजिपतिहुदै परदेश गाछ रे ।

    तिम्रो आमाले गर्ने सबैकाम उनलाई आउदैन रे । तिम्रो आमाले उब्जाउने लसुन प्याज पनि अहिलेत परदेशबाटै आउछ रे । तिमिले पठाएको परदेशको कमाई लसुन प्याजको नाममा परदेश नै जान्छ रे । तिमिलाई थाह छ, तिम्रो आमाले उब्जाउने चामल पनि अहिले त परदेशबाटै आउछ रे । त्यसको बदलामा तिमिले लठाएको पैसा पनि पर्देश नै जान्छ रे । तिमि सानो छदा टिपेर खाने कागती, मेवा, सुन्तला जस्ता फलफुल पनि बिदेशबाटै आउछ रे । तिमिले कमाएको पैसा त्यसको बदलामा बिदेशै जान्छ रे । अब मलाई भन तिमिले परदेशमा कमाएको पैसाको के अर्थ ?

    तिमिलाई थाहा छ, हिजो तिम्रा बुवालाई आबश्यक पर्ने खनिज पदार्थ म आफै दिन्थे । भाडाकुडा, हातहतियार, कृषि औजार यहि बन्थ्यो । अहिले त ति सबै कुरा परदेशबाटै आउछ रे । तिमिले परदेशमा कमाएको पैसा परदेशै जान्छ रे । तिमि आफ्नो बाउ जस्तो बन्न सकेनौ रे । त्यही भएर त परदेश गाछौ रे । तातो तातो घाममा काम गर्छौ रे । कयौ ब्यक्ती त सास उतै छोडेर स्वदेश आउछन रे । कतिले त हात खुट्टा पनि त्यतै दिएर आउछन रे ।

    तिम्रो बुवाआमाले पशु पन्छी यहि पाल्थे । ति सबैको खानाको ब्यबस्था म आफै गर्थे । तिम्रा बुवाआमालाई मासुको सप्लाई म आफै गर्थे । आज तिम्रो परिवारलाई चाहिने मासु पनि परदेशबाटै आउछ रे त्यसको बदलामा तिमिले कमाएको पैसा पनि परदेश जान्छ रे। तिम्रा बुवाआमाले तिमिहरुलाई चाहिने कपडा पनि यहि बनाउथे । कच्चापदार्थ म आफै दिन्थे । अहिले त तिम्रो जिबन साथिले किन्ने कपडा परदेशबाटै आउछ रे । तिमिले पठाएको पैसा पनि बिभिन्न निहुमा परदेशौ जान्छ रे ।

    तिमिलाई मेरो अनुरोध छ, मलाई तिम्रो बुवा आमाले जस्तै माया गर । मलाई तिम्रो बुवाआमाले जस्तै साथ दिएर हेर तिमिलाई आबश्यक पर्ने सबै कुराको आपुर्ती म आफै गर्नेछु । यो समय अरुको देशमा भड्केर बस्ने समय होइन । आफ्नो मात्री भूमी, आफ्नो घर, आफ्नो समाज, आफ्नो देशलाई लथालिङ्ग पारेर परदेशिको देश बनाउन आफ्नो अमुल्य समय किन बर्बाद पार्दै छौ । तिम्रो अन्तिम जिबनमा चाहिने मै हो । जति बस्ने बसेयौ, जति गल्ती गर्ने गरयौ । समय अझै धेरै बाकी छ तिमि फर्केर आउ म तिम्रो बाटो कुरिरहने छु । तिमि जस्तै बेहाल तिम्रो सन्ततिको नहोस भन्ने कामना गर्दछु ।

    images

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology