Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाटो मिचेर बनाएका संरचना हटाउन प्रहरीलाई बालेनको चेतावनी

बाटो मिचेर बनाएका संरचना हटाउन प्रहरीलाई बालेनको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७९ शनिवार • १३:५८:०० बजे
  • 454
    SHARES
  • बाटो मिचेर बनाएका संरचना हटाउन प्रहरीलाई बालेनको चेतावनी

    काठमाडौं महानगरका प्रमुख बालेन साहले बाटो मिचेर बनाएका संरचना हटाउन प्रहरीलाई आग्रह गरेका छन् ।

    images

    मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै मानछे हिँड्न बनाइएको फुटपाथथ मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन् ।

    उनले फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर आफूहरूले फुटपाथमा व्यापार गर्न रोकेको भन्दै यो नियम सर्वसाधारणका लागि मात्रै नभइ सबैका भएको बताए । ‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ ।

    यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।’ उनले भने।, उनले कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत रहेको बताउँदै त्यो संरचना प्रहरी आफैँले हटाउन आग्रह गरेका छन् । उनले यदि प्रहरी आफैँले नहटाए समतामूलक कानुनको प्रयोगको लागि पनि आफूहरू ती संरचना हटाउन बाध्य हुने चेतावनिसमेत दिएका छन् ।

    ‘त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।’

    राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको उनले जानकारी दिए ।

    प्रहरीले सामाखुसी, जडिबुटी, सिनामंगल तथा बालुवाटारलगायतको क्षेत्रमा बाटो मिचेको उनले जिकिर गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology