Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७९ शनिवार • १५:२०:०१ बजे
  • 931
    SHARES
  • अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

    जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् ।

    images

    नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

    मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गरेका कारण उनीहरुको हौसला बढाउन र सम्मान जनाउन कार्यक्रम गरिएको छ ।

    सम्मानित जोडीले यो सम्मानले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको वताउनुभयो ।

    सम्मान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले समानता समानुपातिकको मुल एजेण्डा माओवादी सुत्राधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको बताए ।

    कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियारले दलितले वनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउादै जानु पर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # ६० जोडी सम्मानित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology