Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

त्रिभुवन विमानस्थल पुनर्संरचना प्रस्ताव १५ दिनभित्र प्रस्तुत गर्न गृहमन्त्रीकाे निर्देशन

त्रिभुवन विमानस्थल पुनर्संरचना प्रस्ताव १५ दिनभित्र प्रस्तुत गर्न गृहमन्त्रीकाे निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७९ शनिवार • १८:५६:०६ बजे
  • 460
    SHARES
  • त्रिभुवन विमानस्थल पुनर्संरचना प्रस्ताव १५ दिनभित्र प्रस्तुत गर्न गृहमन्त्रीकाे निर्देशन

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

    images

    शनिबार उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनका क्रममा विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन तथा गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको भन्दै यस्तो निर्देशन दिएका हुन् ।

    अनुगमनको क्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थलको महत्व, यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे बताएका थिए ।

    यसक्रममा गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहितका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधि र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए ।

    उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै महत्वपूर्ण ठाउँ भएको भन्दै त्यसमा कमजोरी गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताएका थिए ।

    साथै, विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति अत्यन्त सहृदयी हुन अध्यागमनका कर्मचारीलाई उनले निर्देशन दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology