Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हाम्रो आलोचना गर्नेहरू भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका छन् : रवि लामिछाने

हाम्रो आलोचना गर्नेहरू भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका छन् : रवि लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७९ शनिवार • १९:१२:२५ बजे
  • 697
    SHARES
  • हाम्रो आलोचना गर्नेहरू भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका छन् : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको इतिहास र काम हेर्दा त्यस्ता मानिसहरु भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका भएको बताएका छन् ।

    images

    शनिबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचार गर्नेहरुले नै रास्वपा र आफ्नो आलोचना गर्ने गरेको बताएका हुन् ।

    ‘त्यस्ता मानिसहरु हामीलाई प्रश्न गर्छन्, जसलाई त हामीले हाम्रो सरकार बन्यो भने भ्रष्टाचारको आरोपमा जेल कोच्ने भनेर लिस्ट बनाइरहेका छौं ।

    आम नागरिकले सोधेको प्रश्नको जवाफ जहाँ पनि दिन तयार छु । तर, भ्रष्ट मान्छेले सोधेको एउटा पनि प्रश्नको जवाफ दिन्नँ। किनकी तिनलाई त जेल कोच्ने हो’, उनले भने ।

    बर्षौंदेखि शासन गर्नेहरूले मुलुकलाई यो अवस्थामा पुर्‍याएकाले उनीहरु जवाफदेही हुनपर्ने बताए । त्यस्ता व्यक्ति र राजनीतिज्ञहरूले आफूलाई प्रश्न गर्न नमिल्ने पनि उनको भनाइ छ ।

    ‘जनताको भोट लिएर गएर उनीहरुलाई यो देश छोड्न वाध्य बनाउनेहरुले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ,’ उनले भने ।

    लामिछानेले कैयौं मान्छेहरू आफ्नो हातमा हतकडी लगाउन प्रतिक्षा गरेर बसेको भएपनि त्यसो नहुने बताए ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology