Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बलात्कारपछि एक महिलाको जलाएर हत्या

बलात्कारपछि एक महिलाको जलाएर हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७९ आइतवार • १०:२०:१० बजे
  • 655
    SHARES
  • बलात्कारपछि एक महिलाको जलाएर हत्या

    एजेन्सी । भारतमा एक महिलाको बलात्कारपछि जलाएर हत्या गरिएको छ ।

    images

    राजस्थानको बारमेर जिल्लाको पचपदरामा दलित महिला झम्मा देवीलाई बलात्कारपछि ज्यूँदै जलाएर हत्या गरिएको हो । ६ अप्रिलमा ६० प्रतिशत शरिर जलेको अवस्थामा उनी जोधपुरको सरकारी अस्पताल पुगेकी थिइन् ।

    उनको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । महिलाका आफन्तहरूले बारमेरको बालोत्रा ​​उपविभागीय न्यायीक अधिकारीको कार्यालयमा हडताल गरेका छन्। उनीहरुले शवको पोस्टमार्टम गर्न अस्वीकार गरेका छन् ।

    सरकार र मृतक महिलाका आफन्तबीच वार्ता प्रयास भइरहेको छ ।

    मृतकका पति राजु रामका अनुसार घरमा कोही नभएको अवस्थामा शकूर खान नामका व्यक्ति घरमा जबर्जस्ती छिरेर बलात्कार गरेको खुलेको छ । बलात्कारपछि थिनर छर्किएर उनको हत्या भएको उनले बीबीसीसँग बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # जलाएर हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology