Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विद्यालयलाई पोसाक र किताब नबेच्न चेतावनी

विद्यालयलाई पोसाक र किताब नबेच्न चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७९ आइतवार • ११:३०:१९ बजे
  • 457
    SHARES
  • विद्यालयलाई पोसाक र किताब नबेच्न चेतावनी

    काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालयले किताब र पोसाक बेचेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।

    images

    विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आएको भन्दै मेयर साहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्न भनेका हुन् ।

    ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेको छ,’ मेयर शाहले भनेका छन्, ‘यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ ।’

    महानगरको शिक्षा विभागले गत चैत १७ मै परिपत्र गर्दै किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह आग्रह गरेको थियो ।

    महानगरले सो नियम उल्लंद्धन गरेको पाइए कारबाही गर्ने र त्यसको जवाफ विद्यालयका प्रधानाध्यापकले दिनुपर्ने बताएको छ ।

    IM.png

  • सम्बन्धित विषय:

  • # किताब नबेच्न चेतावनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology