Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले सचिव लेखराजको घर पुगे प्रधानमन्त्री

एमाले सचिव लेखराजको घर पुगे प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७९ आइतवार • १२:०३:१३ बजे
  • 970
    SHARES
  • एमाले सचिव लेखराजको घर पुगे प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टबीच भेटवार्ता भएको छ ।

    images

    सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्रीले आइतबार बिहान कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित निवासमै पुगेर भट्टसँग भेटवार्ता गरेका हुन् ।

    सचिव भट्टले दिएको चिया निम्तोलाई स्वीकार गरी प्रचण्ड धनगढीस्थित घरमै गएर भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनी चिया नास्ता गरेर त्यहाँबाट दीक्षान्त समारोहमा निस्किएका छन् ।

    उनीहरुबीच के विषयमा कुराकानी भयो भन्नेबारे केहि खेलाइएको छैन ।

    लेखराज पूर्व माओवादी नेता समेत हुन् । कुनै बेला सुदूरपश्चिममा प्रचण्डका विश्वासपात्र मानिने भट्ट तत्कालीन नेकपा विभाजनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएका थिए ।

    त्यसअघि भट्टको घरमा प्रचण्डको आवत जावत थियो । तर, २०७५ पछि सम्बन्ध चिसिएपछि प्रचण्ड भट्टको घरमा आएका थिएनन् । भट्टलाई प्रचण्डले धनगढीको एक सभामा होच्याएर समेत बोलेका थिए ।

    त्यसपछि उनीहरुबीचको सम्बन्ध झनै चिसिएको थियो । अहिले उनले प्रचण्डसंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology