Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला:रवि लामिछाने

७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला:रवि लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७९ आइतवार • १९:५४:५९ बजे
  • 853
    SHARES
  • ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला:रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो टेपबारे ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

    images

    लामिछानेले आफूले ७२ घण्टाको अल्टिमेटम दिएको बताउँदै सो समयभित्र कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिन चुनौतीसमेत दिएका हुन् । बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘आज हाम्रो संघीय सांसदको अडियो टेप सार्वजनिक भएको सामाजिक सञ्जालबाट जानकारी पाएको छु । तपाईँलाई म स्पष्ट पार्न चाहन्छु ।

    त्यो अडियो सार्वजनिक हुने बित्तिकै मैले पार्टी पङ्क्तिमा ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनु भनेर अल्टिमेटम दिएको छु ।’ लामिछानेले देशका भ्रष्टाचारका काण्डहरू ७२ वर्षदेखि अल्झिरहे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि त्यो प्रश्नको निराकरण हुने जिकिर गरे ।

    ‘मैले ७२ घण्टाको अल्टिमेटम दिएको दुई घण्टा बितिसक्यो, ७० घण्टा बाँकी छ । ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न सकिन भने मलाई यही गढीमाईमा बली दिनुहोला,’ उनले भने । छानबिन नहुन्जेल संसद्भित्र वा साधारण सदस्यका रूपमा सांसद श्रेष्ठलाई काम गर्न नदिने उनले स्पष्ट पारे ।

    उनले आफूले कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने पनि जिकिर गरे । ‘पार्टीले आफ्नो तर्फबाट गर्ने छानबिन गरिहाल्छ । उनलाई कानुनी कारबाहीका लागि अनुसन्धानमा लिएर जान प्रहरीको निवेदनमा आफै हस्ताक्षर गर्छु र अख्तियारमा आफै जान्छु र भन्छु मेरो सांसदले घुसखोरीमा डिल गरेको रहेछ भने सख्त कारबाही गर्नुहोला,’ उनको भनाई छ ।

    सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि पार्टीमा पैसा बुझाउन भन्दै दुई करोड रुपैयाँको माग गरेको अडियो सार्वजनिक भएको छ ।

     

    ढाकाकुमारसँग रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

     राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड रकम चाहिने भन्दै प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

    पार्टीका महामन्त्री मुकुल ढकालले आइतबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त संवादबारे सत्य तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न केन्द्रीय अनुशासन समितिलाई निर्देशन दिएको उल्लेख गरेका छन् । 


    साथै छानबिन पुरा नभएसम्मका सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन पनि रास्वपाले दिएको छ ।  ‘साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा.श्रेष्ठलाई निर्देशन दिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

     

    दुर्गा प्रसाईंसँग पैसा माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठ निलम्बित

    राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो ।

    रास्वापाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले दुर्गा प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो बाहिर आएको थियो ।  उनलाई तत्कालका लागि निलम्बन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बताए ।

    पदाधिकारी बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको प्रवक्ता ढकालले जानकारी दिए । सांसद श्रेष्ठको विषयमा छानबिन गर्ने अधिकार अनुशासन समितिलाई पनि दिइएको उनले बताए ।

    ‘पार्टी पदाधिकारी बैठकले श्रेष्ठ सांसद पदमा रहने कि नरहने भन्ने विषयमा अध्ययन गरी सात दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउन समितिलाई भनेको छ । सो प्रतिवेदन आएपछि थप काराबाही अगाडि बढाउने छ’ प्रवक्ता ढकालले भने ।  अहिले तत्काल सांसद ढकाललाई पार्टीको पदमा रहेर कुनै पनि काम कारबाही नगर्न निर्देशन दिइएको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology