Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गृहमन्त्रीको प्रश्न : महानगर प्रमुखले सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ ?

गृहमन्त्रीको प्रश्न : महानगर प्रमुखले सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७९ सोमवार • १२:२७:४५ बजे
  • 451
    SHARES
  • गृहमन्त्रीको प्रश्न : महानगर प्रमुखले सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ ?

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

    images

    काठमाडौं महानगरका मेयर बालेन साहले संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोप लगाएपछि सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले सो उक्त कुरा बताएका हुन् ।

    उनले सरकारहरूबीच कुनै कामका लागि समन्वय हुनका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने पनि बताए । उनले भने, ‘संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारमा समन्वय गरेर संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध छ । तर, तथ्यगत रुपमा औचित्य पुष्टि हुनेगरि आउनुपर्छ । त्यसका लागि संघीय सरकार सधै तयार छ ।’

    साथै उनले काठमाडौं महानगरका मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर सामाजिक सञ्जालमा भन्न नमिल्ने बताए ।

    ‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? तपाईंहरूलाई के लाग्छ?,’ उनले भने, ‘अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’ मेयर साहले केहि दिनअघि सिंहदरबारको फोहोर नउठाउने फेसबुकबाट घोषणा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्रीको प्रश्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology