Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७९ सोमवार • २०:१५:५४ बजे
  • 421
    SHARES
  • सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

    नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभएको छ ।

    images

     नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आज आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा उहाँले सङ्क्रमणकालीन न्याय दशवर्षे द्वन्द्वकालीन समयको भएको हुनाले आयोगबाटै निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभएको छ ।  

     “सङ्क्रमणकालीन न्याय दशवर्षे जनयुद्धको विषय हो, यो विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय होइन”, उपाध्यक्ष महराले भन्नुभयो, “यो विषयमा आयोगबाटै टुङ्ग्याउनुपर्छ ।” सङ्क्रमणकालीन न्याय निरुपण गर्न गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ ।  

     उपाध्यक्ष महराले सङ्क्रमणकालीन न्यायलाई अघि बढाउँदा बृहत् विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “राज्यको पुनःसंरचनासहितको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनुपर्छ, कानुनद्वारा समाधान खोज्न हँुदैन ।”

     पूर्वमाओवादी घटकहरूबीच सकेसम्म एकता गर्ने, नभए कार्यगत एकता गरेर बलियो शक्ति भएर अघि बढ्नुपर्ने र माओवादी घटक दलका नेताहरूले माओवादी कमजोर भएकै कारण मुद्दाहरू कमजोर हुने खतरा भएको बताउनुभयो ।

     नेत्री हिसिला यमीले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि आयोगका पदाधिकारीलाई निरन्तरता दिनुपर्ने र विस्तृत शान्तिसम्झौताअनुसार नै सङ्क्रमणकालीन न्यायको काम पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायको समस्या समाधान जतिसक्दो छिटो समाधान गर्नुपर्ने र यसलाई गिजोलेर राख्न नहुनेमा जोड दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # उपाध्यक्ष महरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology