Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तीन शीर्षनेताको बैठक सभामुख निवासमा

तीन शीर्षनेताको बैठक सभामुख निवासमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७९ मंगलवार • ११:२०:०७ बजे
  • 487
    SHARES
  • तीन शीर्षनेताको बैठक सभामुख निवासमा

    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्षनेताको बैठक सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा बिहान १०ः३० बजेबाट सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुन्छ ।

    images

    त्यसैगरी बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । 

     मुलुकको राजनीतिक परिवर्तनमा एकताबद्ध भएका प्रमुख राजनीतिक दल सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पु¥याउने विषयमा पछिल्लो समय बैठकहरूमा जुटेका छन् । गत शनिबार सभामुख देवराज घिमिरेले तीन दलका शीर्षनेतासँग सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको थियो । आजको  बैठकमा पनि सङ्क्रमणकालीन न्यायको विषयमा छलफल सुरु भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # सभामुख निवासमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology