Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कारबाहीमा प्रधानमन्त्रीका पिएसओ

कारबाहीमा प्रधानमन्त्रीका पिएसओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७९ मंगलवार • १६:४२:४४ बजे
  • 352
    SHARES
  • कारबाहीमा प्रधानमन्त्रीका पिएसओ

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका एक प्रहरी निरीक्षक कारबाहीमा पर्ने भएका छन् ।

    images

    सवारी ज्यान मुद्दामा चालकलाई मुद्दा नचलाई उन्मुक्ति दिएको घटनामा इन्सपेक्टर हरिबहादुर वली कारबाहीमा पर्न लागेका हुन् । वली प्रधानमन्त्रीको सुरक्षा टिममा छन् ।

    वली एक वर्षअघि प्रहरी वृत्त सातदोबाटोमा कार्यरत रहँदा दुर्घटनामा मृत्यु भएको घटनामा चालकलाई मुद्दा नचलाई छाडिएको थियो । हालै डिएसपी भुवनेश्वर साहको नेतृत्वमा छानबिन गरी उनी लगायत प्रहरीमाथि कारबाही सिफारिस भएको हो ।

    इन्सपेक्टर वलीसहित वृत्तका तत्कालिन प्रमुख दिनेश घिमिरे, इन्स्पेक्टरहरु श्यामकुमार कटवाल, योगेश खरेल र अरुण भट्टराई, बरिष्ठ सई उद्धव महत र जवान पञ्चु रुम्बामाथि कारबाही प्रक्रिया अघि बढेको हो ।

    उनीहरुमध्ये भट्टराईले भने अवकाश पाइसकेका छन् । गत वर्ष पुस २५ मा ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा भएको दुर्घटनामा मोटरसाइकलचालक राममोहन श्रेष्ठको मृत्यु भएको थियो ।

    अदालतमा मुद्दा दर्ता गर्नुपर्नेमा प्रहरीले चलखेलका आधारमा मिलापत्र गराएको अहिले आएर खुलेको हो । श्रेष्ठ आफैँले चलाएको बा.४३प ८६९६ नम्बरको मोटरसाइकल र सुरज तामाङले चलाएको प्रदेश २–३२ प ९७०७ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो ।

    जसमा अर्काे मोटरसाइकलका चालकलाई मुद्दा नचलाई मिलापत्र गरिएको थियो । जबकि, सवारी ज्यान मुद्दामा प्रहरीले मिलापत्र गर्न मिल्दैन । नौ लाख रुपैयाँ क्षतीपुर्ती दिने सहमतिमा प्रहरीले मिलापत्र गराएको थियो । तर, सहमतिअनुसार पैसा नभएपछि पीडितहरु प्रहरीमा पुग्दा यसको रहस्य खुलेको हो ।

    त्यतिबेला मुद्दा शाखामा इन्सपेक्टर श्याम कुमार कटवाल थिए । तर, कटवालले छानबिन समितिको बयानको क्रममा इन्सपेक्टर वलीकै निर्देशनमा त्यसरी मिलापत्र गरेको बताएका छन् । अर्काेतर्फ लाइसेन्स नै नभएका चालकलाई अर्काको लाइसेन्स देखाएको आधारमा जोगाइएको समेत पाइएको छ ।

    यो प्रकरणमा कारबाही सिफारिस भएकाहरु रोकाउनका लागि शक्तिकेन्द्रबाट प्रहरी नेतृत्वलाई दबाब दिइरहेका छन् । इन्सपेक्टर वलीले पनि बालुवाटारको पावर लगाएका छन् । प्रचण्डको सुरक्षामा डिएसप िसिद्धराज न्यौपाने नेतृत्वको टोली खटिएको छ । जसमा इन्सपेक्टर वली लगायत छन् ।

    सवारी ज्यान मुद्दामा समेत मिलापत्र गराउने गैरव्यवसायिक प्रहरी अधिकृत प्रधानमन्त्रीको सुरक्षामा बस्नुले यसले गम्भीर प्रश्न उठाएको छ । सो घटनामा सातदोबाटो वृत्त र इमाडोल प्रहरी प्रभागको यसमा मिलेमतो देखिएको छ । घटनाको वेला इमाडोल प्रभागको प्रमुखमा इन्स्पेक्टर योगेश खरेल कार्यरत थिए ।

    उनले घटनाबारे माथिल्लो निकायलाई जानकारी समेत गराएनन् भने अर्काेतर्फ चालक तामाङलाई एक रात थुनेर भोलिपल्टै छाडिदिएका थिए । साथै चालक तामाङले चलाएको मोटरसाइकलमा पछाडि एक व्यक्ति पनि सवार रहेको पछि सिसिक्यामेरामा देखिएको थियो, तर प्रहरीले त्यो बारेमा बुझ्ने कामै गरेन ।

    खरेलपछि इमाडोल प्रभागमा खटिएका इन्स्पेक्टर अरुणकुमार भट्टराईले नियमविपरीत बिमा रकमका लागि सगरमाथा इन्स्योरेन्सलाई पत्राचार गरेका थिए । जबकि, यस्तो पत्राचार मुद्दा चल्ने प्रहरी कार्यालयले मात्र लेख्न मिल्छ । यो घटनाले प्रहरी अनुसन्धानकै धज्जी उडेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology